थ्री नेसन्स लिग
फिनिसिङमा चुकेको नेपाल किर्गिस्तान यु २३सँग गोलरहित बराबरीमा रोकियो
२०७७ चैत १२ गते १९:२७
विपक्षी गोल पोस्टमा पर्याप्त अवसर सिर्जना गरे पनि उपयोग गर्न नसक्दा किर्गिस्तानको युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाली राष्ट्रिय टोली घरेलु मैदानमा जारी त्रीदेशीय फुटबल प्रतियोगितामा दबाबमा परेको छ ।