कृष्ण थापा सर्वोच्चमा – Nepal Press
कृष्ण थापा सर्वोच्चमा

प्रदेशसभा सदस्यबाट पदमुक्त भएका कृष्ण थापा सर्वोच्चमा, आइतबार रिटमाथि सुनुवाइ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले अन्तरिम आदेशबाट पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफूलाई असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाले रिट दर्ता गराएका हुन् । उनको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताए...