एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिप
नेपाललाई बक्सिङमा तीन कास्य
२०७८ भदौ ९ गते १३:१५
युनाइटेड अरब इमिरेटस् (यूएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी मोहम्मद अलिनेजीलाई ५-० अंकले पराजित गर्दे कास्य जितेका हुन् । उनी सेमिफाइनलमा किर्गिस्तानका खेलाडी एडाइबेक नियाजबेसित पराजित भएका...