सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो रेमिट खाता – Nepal Press

सेञ्चुरी बैंकले सञ्चालनमा ल्यायो रेमिट खाता

काठमाडौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विप्रेषण मार्फत प्राप्त हुने बचतमा १ प्रतिशत अतिरिक्त व्याजदर दिनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थानुसार बैंकहरुले रेमिटान्सबाट प्राप्त हुने रकमलाई बचत गर्न प्रोत्साहन गर्न छुट्टै रेमिट खाता सञ्चालनमा ल्याउन थालेका छन् ।

बैंकहरुले साधारण बचत भन्दा १ प्रतिशत ब्याजदर बढाएर रेमिट खाताहरु सञ्चालनमा ल्याउन थालेका छन् । यसैक्रममा सेञ्चुरी कमर्सियल बैंकले ‘सेन्चुरी रेमिट प्रिमियम एकाउन्ट’ खाता सञ्चालनमा ल्याएको छ ।

१ हजार न्यूनतम मौज्दात राख्नुपर्ने उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।
यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथै इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ पनि निशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ ।

उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।

बैंकले काठमाडौं उपत्यकामा २३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *