बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन परिवर्तन – Nepal Press

बंगलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा तीन परिवर्तन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध केही बेरमा शुरू हुने दोस्रो मैत्रीपूर्ण खेलको शुरूआती-११ मा तीन परिवर्तन गरेका छन् । एएफसी वुमेन्स एसियन कप २०२२ को छनोट चरणका खेलको तयारीस्वरूप बिहीबार खेलेको पहिलो मैत्रीपूर्ण खेलमा उतारेको टोलीबाट प्रशिक्षक फिलिप्सले तीन परिवर्तन गरेका हुन् ।

गत खेलमा  शुरूआती-११ मा परेकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना राना मगरलाई मौका दिएका छन् । यस्तै, सविता रानाको स्थानमा अनिता बस्नेत मन्जली योञ्जनको स्थानमा रश्मी घिसिङले मौका पाएका छन् ।

बिहीबार भएको खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दा डेब्यूट्यान्ट प्रीती राईले उत्कृष्ट प्रदर्शनसहित एक गोल गरेकी थिइन् । यस्तै, अर्को गोल सविता रानाले गर्दा बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

नेपाली टोली: अन्जना राना मगर, पुजा राना, गिता राना, अम्रिता जैसी, हिरा कुमारी भुजेल, सरु लिम्बु, प्रीती राई, रेनुका नगरकोटी, अनिता बस्नेत, रश्मी घिसिङ र विमला चौधरी ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *