बैठक भत्ता, तालिम, गोष्ठी, अनुगमन तथा भ्रमण खर्च १० प्रतिशतले कटौती – Nepal Press
प्रतिस्थापन विधेयक

बैठक भत्ता, तालिम, गोष्ठी, अनुगमन तथा भ्रमण खर्च १० प्रतिशतले कटौती

काठमाडौं । सरकारले चालु खर्चतर्फ बैठक भत्ता, कर्मचारी तालीम तथा गोष्ठी खर्च, अनुगमन मुल्यांकन र भ्रमण खर्च १० प्रतिशतले कटौती गरेको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८(०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै खर्च कटौती गरिएको घोषणा गरेका हुन् ।

प्रतिस्थापन बिधेयकको बुदाँ नम्बर १५ मा भनिएको छ, ‘चालु खर्चतर्फ बैठक भत्ता, ईन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास तथा जनचेतना तालीम र गोष्ठी सम्बन्धी खर्च, कार्यक्रम खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, विविध कार्यक्रम खर्च शीर्षकमा न्युनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको छु । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको ५ अर्ब कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने प्रबन्ध मिलाएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *