अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईने – Nepal Press
प्रतिस्थापन विधेयक

अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराईने

काठमाडौं । सरकारले अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

बिधेयकको बुदाँ नम्बर ६१ मा भनिएको छ, ‘लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाईन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको छु ।’ अहिलेसम्म अनलाईन मिडिलाई कानूनी रुपमा मान्यता दिइए पनि सरकारी निकायले लोक कल्याणकारी विज्ञापन भने उपलब्ध नगराउने गरेका थिए । अनलाईन सञ्चामाध्यमले पनि लोक कल्याणकारी विज्ञापन प्राप्त गर्नेभएपछि अनलाईन मिडियाका सञ्चालक खुसी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *