बालगोपाल महर्जन नेपाली यू-२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त – Nepal Press

बालगोपाल महर्जन नेपाली यू-२३ पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक बालगोपाल महर्जन नेपाली यू-२३ पुरुष फुटबल टोलिको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार महर्जनले आगामी एएफसी यू-२३ एसियन कप छनोटमा नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् ।

त्यस्तै रोजित केसी सहायक प्रशिक्षक र ललित चन्द गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।

एएफसी यू-२३ एसियन कप छनोट खेलमा नेपाल इरान, लेबनान, र ताजिकिस्तानसङ्गै समूह बी मा रहेको छ ।

नेपालले पहिलो खेल अक्टोबर २५ मा इरानसँग र दोस्रो आयोजक ताजिकिस्तान विरूद्ध अक्टोबर २८ मा खेल्नेछ । र, अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

सबै खेलहरू ताजिकिस्तानको दुसान्बेस्थित रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर