भारतविरुद्ध नेपालले एक गोल फर्कायो – Nepal Press

भारतविरुद्ध नेपालले एक गोल फर्कायो

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा मिडफिल्डर तेज तामाङले नेपाली राष्ट्रिय टोलीका लागि एक गोल फर्काएका छन् । भारत २-० ले अगाडि रहेको अवस्थामा नेपालले गोल अन्तर कम गरेको हो ।

दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको ८७औं मिनेटमा पेनाल्टी एरियबाहिरबाट लङ रेन्जर प्रहार गर्दै बललाई जाली चुमाएका तेजको यो नेपालका लागि पहिलो गोल हो ।

घरेलु फुटबलमा नेपाल पुलिस क्लबका चर्चित खेलाडी तेजले चोटका कारण विश्वकप तथा एसिया कप छनोटको दोस्रो चरणका खेलहरू गुमाएका थिए ।

त्यसअघि वैशाखमा भएको नेपाल सुपर लिगमा काठमाडौं रेजर्सलाई च्याम्प्यिन बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गरेका तेज राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।

 

प्रतिक्रिया

One thought on “भारतविरुद्ध नेपालले एक गोल फर्कायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर