नेपालविरुद्ध भारतले लियो अग्रता – Nepal Press

नेपालविरुद्ध भारतले लियो अग्रता

काठमाडौं । दशरथ रंगशालामा जारी भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा भारतले अग्रता लिएको छ । पहिलो हाफमा नेपालको रक्षापंक्ति छिचोल्न नसकेको भारतका लागि दोस्रो हाफमा मैदान प्रवेश गरेका फारुख चौधरीले गोल गरेका हुन् ।

फारुख ४६औं मिनेटमा बिपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । भारतीय कप्तान सुनिल क्षेत्रीले बायाँतर्फबाट गरेको सुन्दर क्रसलाई चौधरीले गोलमा परिणत गरेका थिए ।

गोलसँगै भारतले ७१औं मिनेटमा खेल जारी रहँदासम्म १-० को अग्रता कायम राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर