भारतविरुद्ध ६ वर्ष लामो गोल खडेरी नेपालले तोड्यो
काठमाडौं । दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलमा भारतविरुद्ध गोल गर्दैै अञ्जन विष्टले चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध नेपालको गोल खडेरी चिरेका छन् ।
साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाल र भारतबीच हुने दुईमध्ये पहिलो मैत्रीपूर्ण खेलको ३६औं मिनेटमा अञ्जनले २०१५ यता भारतविरुद्ध पहिलो गोल गरेका हुन् ।
यसअघि सन २०१५ मा विमल घर्ती मगरले भारविरुद्ध अन्तिम गोल गरेका थिए । त्यो खेलमा नेपाल ४–१ गोलको नतिजामा पराजित भएको थियो । विमलले त्यो गोल गरेयता भारतले नेपालाई ९ गोल ठोकिसकेको थियो ।
तर, नेपालले भारतीय रक्षापंक्ति छिचोल्न सकेको थिएन । यद्यपि, भारतीय खेलाडीको तालमेलको कमी र गल्तीकाे फाइदा उठाउँदै राष्ट्रिय टोलीबाट उत्कृष्ट फर्ममा रहेका अञ्जनले नेपालको खडेरी तोडेका छन् ।
अञ्जनकै गोलमा बनाएको अग्रतासहित नेपाल पहिलो हाफमा १–० ले अगाडि छ ।
नेपालबाट अञ्जनको यो व्यक्तिगत पाँचौ अन्तर्राष्ट्रिय गोल हो ।