इजरायली कृषि प्रविधि नेपाल ल्याउन इजरायली राजदूतसँग छलफल – Nepal Press

इजरायली कृषि प्रविधि नेपाल ल्याउन इजरायली राजदूतसँग छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायली राजदूतसँग नेपालको कृषि क्षेत्रको विकासका बारेमा छलफल गरेका छन् ।

दुई देशबीच ६ दशक लामो सम्बन्ध रहेको र कृषिमा इजरायलले गरेको क्रान्ति नेपालका लागि सिकाई हुने विषयमा छलफल भएको हो ।भेटमा इजरायली राजदुत हनान गोदेरसँग सभापति सुमार्गीले कृषिमा आधुनिकीकरण बिना नेपालको आर्थिक उन्नति नहुने र नेपालीका जीवनस्तर पनि माथी नउठ्ने भन्दै यसका लागि इजरायलको प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् ।

देशका ७ वटै प्रदेशमा कृषि उद्यम तथा अनुसन्धान केन्द्रको विस्तार, कृषि उद्यमीको इजरायल भ्रमण, अनुसन्धानमा दुई देशबीच सहकार्य, आधुनिक कृषिमा लगानी तथा कृषि विश्व विद्यालय निर्माणमा इजरायलको सहयोग लगायत प्रस्ताव सभापति सुमार्गीले राखेका थिए ।

नेपालका लागि दोस्रो कार्यकाल सम्हालेर बसेका इजरायली राजदुत गोदेरले सभापति सुमार्गीको प्रस्तावमाथि आफु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

इजरायलका २५ किसानले ९ सय ८५ जनतालाई पुग्ने खाद्यान्न उत्पादन गर्दै आएको स्मरण गर्दै उनले कृषिमा कति प्रतिशत जनताले लगानी गर्छन् भन्ने भन्दा पनि कृषि कति उत्पादनशील भयो भन्नेमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *