प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त – Nepal Press

प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । उनको नियुक्ति एक साता पहिले नै भएको भएपनि सामाजिक सञ्जालमा भर्खर मात्रै कांग्रेस नेता-कार्यकर्ता र शुभेच्छुकहरुले बधाई दिन थालेका छन् ।

विगतदेखि नै देउवाको सहयोगी रहेका भानुको नियुक्ति सामान्य प्रक्रिया भन्दै प्रधानमन्त्री कार्यालयले चर्चामा नल्याएको हो । ‘नियुक्तिपत्र नबुझे पनि प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवको काम भानुजीले नै गर्दै आउनुभएको हो । हप्तादिन अघि प्रधानमन्त्रीले उहाँलाई औपचारिक रुपमा नियुक्त गर्नुभएको हो,’ बालुवाटार स्रोतले भन्यो ।

देउवा यसअघि प्रधानमन्त्री हुँदा पनि भानु नै प्रमुख स्वकीय सचिव रहेका थिए । मन्त्रिपरिषदलाई पूर्णता दिन भने अझै केही समय लाग्ने बताइएको छ । प्रधानमन्त्रीका सल्लाहकारहरुको नियुक्ति भने मन्त्रिपरिषद विस्तारपछि मात्रै हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर