एमाले विभाजन गलत छ, म एकताको पक्षमा छु : अध्यक्ष थापा – Nepal Press

एमाले विभाजन गलत छ, म एकताको पक्षमा छु : अध्यक्ष थापा

सुर्खेत । दैलेखको भगवतीमाइ गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले आफू एमाले एकताको पक्षमा रहेको बताएका छन । फ्लोर क्रस गरि माओवादी नेतृत्वको सरकारमा रहेका भौतिक बिकास एबम शहरी बिकास मन्त्री अम्मर बहादुर थापाको निकट रहेका र अध्यक्ष थापा पनि माधव नेपालको नयाँ दलमा जाने हल्ला चलिरहेको समयमा त्यो गलत हल्ला भएको नेपालप्रेस सङ्ग बताए ।

‘लामो इतिहास बोकेको, नेपाली जनताको मुहार बदल्ने पार्टी छोड्ने भन्ने कुरा हुदैन । यो पार्टी विभाजन गर्नै हुदैन ।’ उनले भने- म स्पष्ट रुपमा पार्टी बिभाजनको बिपक्षमा छु । कसैले मन लागेर हल्ला चलाउदैमा म नयाँ पार्टी मा जाने भन्ने कुरा हुदैन ।

उनले नेकपा एमाले बनाउन लाखौं कार्यकर्ताको योगदान रहेको बताउदै लाखौं कार्यकर्तालाइ निराश बनाउने कदममा साथ दिन नसकिने बताए ।

‘पार्टी भित्रका अन्तरबिरोध हट्ने र पार्टी फेरि पनि एक हुने आशामा म छु ।’ अध्यक्ष थापाले भने- पार्टी बिभाजनले कसैलाइ पनि राम्रो हुदैन । तसर्थ यी सबै निर्णयमा उच्च तहका नेताले पुनर्बिचार गर्छन होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर