अध्यादेश अबेर पुग्यो शीतल निवास, आज राति जारी नहुने – Nepal Press

अध्यादेश अबेर पुग्यो शीतल निवास, आज राति जारी नहुने

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्नका लागि राष्ट्रपति समक्ष गरेको सिफारिस शीतल निवास पुगेको छ । तर मन्त्रिपरिषदबाट पारित भएको अध्यादेश मंगलवार अबेर पुगेकाले आजै राति जारी हुने सम्भावना नरहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले भने- अध्यादेश साँझपखमात्र आयो । त्यसको अध्ययन हुँदैछ । आजै जारी नहोला, भोलिसम्म राष्ट्रपतिले जारी गर्नुहुन्छ । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले रोकिदैन ।

प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रको सपथग्रहण समारोहमा उपस्थित हुने बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच त्यसबारेमा कुरा भए पनि त्यतिबेलासम्म अध्यादेश शीतल निवास पुगेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर