कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय, वडा अधिवेशन भदौ १८ मा – Nepal Press

कांग्रेस महाधिवेशन मंसिर ९ देखि गर्ने निर्णय, वडा अधिवेशन भदौ १८ मा

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने भएको छ ।

केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो ।

भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले बताए ।

सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।

प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर