स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ) – Nepal Press

स्वास्थ्य मन्त्रालयको आयोजनामा भर्चुअल म्युजिकल कन्सर्ट आयोजना (भिडिओ)

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि मास्कको प्रयोगबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले भर्चुअलरुपमा लाइभ कन्सर्टको आयोजना गरेको छ ।

अहिले लाइभ भैरहेको कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले गायकी प्रस्तुत गरिरहेका छन् । नेपाली फिल्म, संगीत र खेलकुदका हस्तीले मास्कको उचित प्रयोगका लागि समेत आह्वान गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयले अहिले मास्क सप्ताह मनाइरहेको छ । ‘म जिम्मेवार नेपाल’ नारासहित भर्चुअल म्युजिक कन्सर्टको आयोजना गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *