एमाले स्कूल विभागले फिर्ता माग्यो तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन – Nepal Press

एमाले स्कूल विभागले फिर्ता माग्यो तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन

काठमाडौं । नेकपा एमालेको केन्द्रीय पार्टी स्कूल विभागले ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवन विभागलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ । बुधबार पार्टी अध्यक्ष तथा विभागका प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा बाल्कोटमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

‘तुल्सीलाल प्रतिष्ठानमा रहेको केन्द्रीय पार्टी स्कुल हाल नेकपा (एमाले) वागमती प्रदेश कमिटीले कार्यालयका रूपमा प्रयोग गर्दै आएको हुँदा सो स्थान यथाशक्य चाँडो पार्टी स्कूललाई उपलब्ध गराउन वागमती प्रदेश कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको छ,’ निर्णयमा भनिएको छ।

हाल एमालेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरू सोही भवनमा हुने गरेका छन् ।

त्यस्तै बैठकले विभागका सचिव ईश्वरी रिजालद्वारा प्रस्तुत प्रशिक्षण पाठ्यक्रमलाई विभागका सदस्यहरूले अध्ययन गरी तीन दिनभित्र आफ्ना सुझाव प्रस्तुत गर्न समय दिने निर्णय गरेको छ।

प्राप्त सुझावका आधारमा रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली र ईश्वरी रिजालले उक्त पाठ्यक्रमलाई परिस्कृत गरी प्रमुखसमक्ष प्रस्तुत गर्ने र पाठ्य सामाग्री तयार पारी नियमित स्कूल सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर