जिल्ला सभापतिलाई शेखरको कटाक्ष : जो नेता भेट्यो उसैलाई नउचाल्नु – Nepal Press

जिल्ला सभापतिलाई शेखरको कटाक्ष : जो नेता भेट्यो उसैलाई नउचाल्नु

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेतृत्वका लागि दावी गर्ने नेताहरुको वस्तुनिष्ठ मूल्यांकन गर्न जिल्ला सभापतिहरुसंग आग्रह गरेका छन् ।

संस्थापनइतर समूहको बैठकमा बोल्दै कोइरालाले ‘जुन नेता भेट्यो उसैलाई तपाई त लड्नैपर्छ’ नभन्न आग्रह गरे ।

‘महाधिवेशनमा हाम्रो समूहबाट साझा नेता उम्मेदवार हुनुपर्छ तर तपाईहरुले पनि जसलाई भेट्यो उसलाई नउचाल्नुस । जहाँ गयो त्यहीको नेतालाई उचाल्ने काम बन्द गर्नुस् । हामीमध्ये को बलियो छ यथार्थ सुझाव दिनुस । नेता भेट्यो कि राम्रो भन्ने छुट्यो की गाली गर्ने काम नगर्नस्’, कोइरालाले भने ।

आफूले लगातार नेतृत्वका गलत प्रवृत्तिविरुद्ध आवाज उठाउँदै आएकोमा अहिले बल्ल सबैलाई महसुस भएको बताए ।

संविधान बमोजिम महाधिवेशन समेत गर्न नसक्ने अवस्थामा कांग्रेसलाई पुर्याउने नेतृत्वलाई सबै मिलेर बिदाई गर्नुपर्ने कोइरालाको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर