बिहीबार ३९ सय कोभिड बिरामी थपिए, ३७ जनाको मृत्यु – Nepal Press

बिहीबार ३९ सय कोभिड बिरामी थपिए, ३७ जनाको मृत्यु

काठमाडौं उपत्यकामा १०७५ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३९३८ कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ४०८ नमुना (११ हजार ८७० पीसीआर र ६५३८ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

बिहीबार थप ३७ जनाको मृत्यु भएको छ । २०१२ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ३४ हजार ४२२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १७ हजार जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

काठमाडौं उपत्यकामा आज १०७५ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ७६६, ललितपुरमा १६३ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ७ लाख ८ हजार, कूल मृत्यु ९९९४ पुगेको छ । होम आइसोलेसनमा ३१ हजार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *