जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने – Nepal Press

जापानबाट ८ लाख र भुटानबाट ३ लाख डोज अस्ट्राजेनेका खोप शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । आगामी शनिबार र आइतबार जापानबाट आठलाख डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्ने भएको छ ।

जापानी दूतावासले विज्ञप्ति जारी गर्दै उसले दिने भनेको कूल १६ लाख डोजमध्येको आधा यसै सप्ताहन्तमा आउने जनाएको हो ।

बाँकी ८ लाख डोज केही पछि आइपुग्ने जनाइएको छ । राजदूत किकुता याकुताले आज स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गर्दै खोप आइपुग्ने जनाएका छन् ।

यसैबीच, भुटानले पैंचोमा दिन लागेको ३ लाख डोज अस्ट्राजेनेका खोप पनि शनिबार नै आइपुग्ने भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *