कोरोना अपडेट :  आइतबार २५ सय संक्रमित थपिए, २ हजार संक्रमणमुक्त – Nepal Press

कोरोना अपडेट :  आइतबार २५ सय संक्रमित थपिए, २ हजार संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर २५ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको नमुना (८,४०२ पीसीआर र ४,२३४ एन्टिजेन)परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २ हजार २० जना डिस्चार्ज भएका छन् ।

नेपालमा कूल ६ लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ भने ६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ८७५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *