स्भितोलिना लगातार दोस्रो पटक ओलम्पिकको क्वार्टरफाइनलमा
नेपाल प्रेस
२०७८ साउन १२ गते १५:२९
काठमाडौं । मारिया सक्कारीमाथि २-१ सेटको जित निकाल्दै विश्व नम्बर चार एलिना स्भितोलिना टोकियो ओलम्पिक २०२० को टेनिस- महिला सिङ्गलतर्फ क्वार्टरफाइनलमा पुगेकी छन् ।
विश्व बरियताको १४औं स्थानकी सक्कारीले पहिलो सेटमा ५-७ को जित निकालेकी थिइन् । त्यसपछिका प्रतिस्पर्धात्मक दुई सेटमा भने स्भितोलिनाले ६-३, ६-४ को जित निलकाल्दै लगातार दोस्रो पटक ओलम्पिकमा क्वार्टरफाइनल यात्रा तय गरिन् ।
युक्रेनकी २६ वर्षीया स्भितोलिना २०१६ रियो ओलम्पिकमा पनि क्वार्टरफाइनल सम्म पुगेकी थिइन् ।
प्रतिक्रिया