कोभिड संक्रमणबाट सोमबार २५ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए – Nepal Press

कोभिड संक्रमणबाट सोमबार २५ जनाको मृत्यु, ३४ सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा १००० संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३४२१ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ७२७ नमुना (१२२४० पीसीआर र ५०३२ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोमबार थप २५ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १६८६ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा सोमबार ९९९ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६७७, झापामा ३१४, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाको सक्रिय संक्रमित संख्या ८००९ छ । सक्रिय संक्रमण दर ४.०९ प्रतिशत छ र मृत्युदर १.४३ प्रतिशत छ । सोमबारको संक्रमण दर १९.८० प्रतिशत छ ।

कूल संक्रमित संख्या ६ लाख ८२ हजार ९४७, कूल मृत्यु ९७३८ रहेको छ । ११ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *