असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय – Nepal Press

असोज १५ गतेदेखि कोरोनाको तेस्रो लहर सुरु हुनसक्छ : स्वास्थ्य मन्त्रालय

२८ हजारलाई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ गतेदेखि कोरोनाभाइरसको तेस्रो लहर सुरु हुनसक्ने बताएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार बोल्दै योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले उक्त कुरा बताएका हुन् ।

आगामी पाँच महीनामा १ लाख ९३ हजार ८५६ जना नयाँ संक्रमित थपिने समेत उनले जानकारी दिए । सो अवसरमा उनले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

हालको स्थिर अवस्थालाई हेर्दा पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम छ । संक्रमितमध्ये २८ हजारलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *