जापानका युटोले ओलम्पिकमा ‘स्ट्रिट-स्केटबोर्डिङ’ को पहिलो स्वर्ण जिते – Nepal Press

जापानका युटोले ओलम्पिकमा ‘स्ट्रिट-स्केटबोर्डिङ’ को पहिलो स्वर्ण जिते

काठमाडौं । टोकियो ओलम्पिकमा पहिलोपटक राखिएको स्ट्रिट स्केटबोर्डिङको पहिलो स्वर्ण जापानका होरिगोमे युटोले जितेका छन् ।

आइतबार बिहान आरिाआके अर्बान स्पोर्ट्स पार्कमा भएको प्रतिस्पर्धामा युटोले ३७.१८ स्कोरसहित ऐतिहासिक स्वर्ण चुमेका हुन् । ब्राजिलका केल्भिन होफ्लरले ३६.१५ सहित रजत र ३५.३५ स्कोर ल्याउँदै कास्य पदक जिते ।

स्केटबोर्डिङ अन्य चार नयाँ खेलसँगै पहिलो पटक जारी ओलम्पिकमा समेटिएको खेल हो । सर्फिङ, स्पोर्ट क्लाइम्बिङ र करातेसँगै बेसबल पनि यो वर्ष ओलम्पिकमा नयाँ खेल हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर