शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु – Nepal Press

शनिबार ३१ सय कोभिड बिरामी थपिए, १६ जनाको मृत्यु

२१ सय जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३११४ जना कोभिड बिरामी थपिएका छन् । १४ हजार ९१० नमुना (१० हजार ६२५ पीसीआर र ४२८५ एन्टीजेन) परीक्षण गर्दा ती बिरामी थपिएका हुन् ।

शनिबार थप १६ जनाको मृत्यु भएको छ । २१९७ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा शनिबार ६१५ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४२१, कास्कीमा २७१, मोरङमा १६४, ललितपुरमा १०८ र चितवनमा २४८ र भक्तपुरमा ८६ जना संक्रमित थपिएका छन् ।

कूल संक्रमित संख्या ६ लाख ७९ हजार १७, कूल मृत्यु संख्या ९६९५ र कूल निको हुने संख्या ६ लाख ४१ हजार पुगेको छ ।

१३ लाख ६६ हजारले आजसम्म पूर्ण डोज खोप लगाएका छन् । ३३ लाख ७७ हजारले पहिलो डोज लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *