माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगे, सत्ता गठबन्धनको रणनीतिबारे छलफल – Nepal Press

माधव नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगे, सत्ता गठबन्धनको रणनीतिबारे छलफल

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरु १० बुँदे सम्झौता कार्यन्वयनमा जुटेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका छन् ।

पुनःस्थापित संसदको अधिवेशन भोलिदेखि शुरु हुँदैछ । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिनुपर्ने अवस्थामा गठबन्धनको रणनीतिबारे छलफल गर्न प्रचण्ड माधव नेपाल निवास पुगेको बताइएको छ ।

गठबन्धनका दुई घटक जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी नभएकाले मन्त्रिपरिषद विस्तार समेत हुन सकेको छैन । विश्वासको मत दिए पनि सरकारमा सहभागिताबारे माधव नेपाल पक्ष अनिर्णित रहेको छ ।

नेकपा एमालेको पछिल्लो घटनाक्रमका बारेमा दुई नेताबीच पछिल्लो समय नियमित छलफल भइरहेको छ । माधव नेपाल पछिल्लो पटक सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर