जसपामा अदलबदल : महन्थ पक्षका पाँच सांसद उपेन्द्र समूहको बैठकमा – Nepal Press

जसपामा अदलबदल : महन्थ पक्षका पाँच सांसद उपेन्द्र समूहको बैठकमा

काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षका पाँचजना सांसद उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन् ।

यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह,अमृता अग्रहरी, रानी मण्डल,नरमाया ढकाल र रुही नाज शनिवार उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले उपेन्द्र यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ मा पुगेसँगै वहुमत भएको छ ।

महन्थ ठाकुरले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताए । ठाकुर पक्षका पाँच सांसद अहिले आफ्नो समूहको बैठकमा सहभागी भएको जसपा नेता इस्तियाक राईले बताएका छन् ।

यो पनि पढ्नूस : महन्थ पक्षका तीन सांसद उपेन्द्र क्याम्पमा, प्रमोद साह भन्छन् : हामी ६/७ जना छौं

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर