खोप र बजेट माग्दै फिल्म कलाकारले भेटे अर्थमन्त्री – Nepal Press

खोप र बजेट माग्दै फिल्म कलाकारले भेटे अर्थमन्त्री

काठमाडौं । फिल्म कलाकारले अर्थमन्त्री जनाद्र्धन शर्मालाई भेट् गर्दै कोभिड-१९ विरुद्धको खोप र कलाकार संघको भवनका लागि बजेट मागेका छन् ।

अध्यक्ष रविन्द्र खड्कासहितको कलाकार संघको टोलीले शुक्रबार मन्त्री शर्मालाई भेट्दै तत्काल खोप दिलाउन माग गरेको हो ।

सो अवसरमा कलाकार टोलीले मन्त्री शर्मालाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएको थियो । महामारीको कारण कलाकार तथा उक्त क्षेत्रलाई परेको समस्याबारे पनि अवगत गराइएको थियो ।

मन्त्री शर्माले जवाफमा आफू सकारात्मक रहेको बताउँदै माग पुरा गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष खड्का, उपाध्यक्ष मोहन निरौलासहित भुवन केसी, धीरेन शाक्य, गोविन्द शाही लगायतले मन्त्रीलाई भेटेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *