२० वर्षपछि फर्कियो ‘तिम्रो मन बदलिएछ’, यशकुमार भन्छन् : बाउ र छोराको पुस्ताको लागि अझै ताजा – Nepal Press

२० वर्षपछि फर्कियो ‘तिम्रो मन बदलिएछ’, यशकुमार भन्छन् : बाउ र छोराको पुस्ताको लागि अझै ताजा

काठमाडौं । दुई दशकअघिको त्यो गीत चर्चित गीतलाई कण्ठ पार्ने श्रोता धेरै थिए । उक्त ट्रयाजेडी गीत प्रेमीप्रेमिकाको रोजाइमा थियो । २० वर्षपछि पनि यो गीत सुन्दा उत्तिकै ताजा लाग्छ ।

यो गीत हो यशकुमारद्वारा स्वरबद्ध ‘तिम्रो मन बदलिएछ ।’

२०५८ सालमा रिलिज भएको उक्त गीतको अडियोले अन्ततः २०७८ सालमा आएर भिडिओ प्राप्त गरेको छ । शुक्रबार इन्टरनेटमा रिलिज भएको यो गीतमा टीकटकमा हिट जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडासहित सागर लम्साल बले फिचर्ड छन् ।

यशकुमार आफै र गायिका मिलन नेवार पनि गीतमा फिचर्ड छन् । निकेश खड्काद्वारा निर्देशित गीत हेर्दा २० वर्ष अगाडिको गीत सुन्दाको याद ताजा हुन्छ ।

दुई दशकपछि यो गीतले भिडिओ पाउनु पछाडि पनि रोचक कुरा छ । अभिनेता बलेकै अनुरोधमा यशकुमारले भिडिओ निर्माणको अनुमति दिएका हुन् । सुरुमा यशकुमारले पाँच गीत दिएपनि सागरले सोबाट छनौट गरेर यसमाथि भिडिओ बनाउने जमर्को गरेका थिए ।

‘यो गीत अहिले पनि समयसापेक्ष लाग्छ । त्यतिबेला यो गीत सुन्ने बाउहरुका छोरा अहिले जवान भैसके । दुबै पुस्तालाई यो गीत मनपर्नेछ’ यशकुमारले नेपाल प्रेसलाई भने, ‘अहिले सुन्दा पनि गीत उत्तिकै ताजा लाग्छ ।’

हेर्नूस गीत :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *