राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त – Nepal Press

राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त

काठमाडौं । निषेधाज्ञाले अहिले पनि फिल्मसहितको मनोरञ्जन क्षेत्र ठप्प छ । कहिलेदेखि फिल्म क्षेत्र पुनः चलायमान हुन्छ भन्ने निधो पनि छैन । यस्तोमा, कलाकारहरु फुर्सदिला पनि छन् ।

कुनैबेला बेफुर्सदी कलाकारहरु फुर्सदिलो बनेपछि अहिले टेलिभिजन सिरिज, रियालिटी सो र म्युजिक भिडिओमा व्यस्त हुन थालेका छन् । राजेश हमालदेखि पछिल्लो छिमलका चल्तीका कलाकारको दैनिकी म्युजिक भिडिओमा व्यस्त छ ।

तीज पर्व नजिकिँदै गर्दा पनि अहिले कलाकारलाई भ्यानभ्याइ छ । अभिनेता राजेश हमाल पनि म्युजिक भिडिओमा व्यस्त हुन थालेका छन् । फिल्म ‘सत्यम’ साइन्ड गरेका हमाल फिल्म क्षेत्र कहिलेदेखि फर्किने टुंगो नलागेपछि अहिले भिडिओ छायांकनमा लागेका छन् ।

सोमबारदेखि छायांकन सुरु भएको ‘हामी देश बचाऊँ’ बोलको गीतमा हमालले अभिनय गरेका छन् । साथै, हमाल थप केही म्युजिक भिडिओमा व्यस्त हुने तयारीमा छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला पनि अहिले तीजको एक गीत छायांकनमा व्यस्त छिन् । उनीसहित अन्य कलाकार पनि अहिले सांगीतिक भिडिओमै व्यस्त छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *