राजनीतिबाट रजनीकान्तको सन्यास, विघटन गरे आफ्नो दल ! – Nepal Press

राजनीतिबाट रजनीकान्तको सन्यास, विघटन गरे आफ्नो दल !

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएको घोषणा गरेका छन् । सोमबार उनले आफ्नो दल ‘रजनी मक्कल मंद्रम’लाई विगठनको घोषणा गरे ।

आफ्नो पार्टीका पदाधिकारीसँग कुरा गर्दै उनले भविष्यमा आफू राजनीतिमा फर्कने सम्भावना नरहेको समेत बताए । भारतीय अखबार दैनिक भाष्करका अनुसार सबैजना पदाधिकारीसँग मिलेर उनले यस्तो निर्णय लिएका हुन् ।

उनले रजनी फ्यान क्लब एसोसिएसन नामक सामाजिक संस्था खोल्ने घोषणा गरेका छन् जसले सामाजिक क्षेत्रमा कार्य गर्नेछ । गत डिसेम्बर २९ मा उनले खराब स्वास्थ्यको कारण आफू राजनीतिबाट टाढा बस्ने बताएका थिए ।

तामिल भाषामा एक पत्र लेख्दै उनले राजनीतिक दल बिनै आफू सामाजिक सेवामा लाग्ने बताएका थिए । उनले आफ्नो यस फैसलाले फ्यानहरु निराश हुने भएकाले फ्यानसँग माफी पनि मागेका छन् ।

गत डिसेम्बर २५ मा रक्तचाप र थकानका कारण उनी हैदराबादको एपोलो अस्पताल भर्ना भएका थिए । डिसेम्बर ३१ मा उनले राजनीतिक दल घोषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *