सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा प्रदर्शन, परमादेश खारेज गर्न माग – Nepal Press

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा प्रदर्शन, परमादेश खारेज गर्न माग

बुटवल । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशविरुद्ध बुटवलमा प्रदर्शन भएको छ । नेकपा एमालेनिकट युवा विद्यार्थीले अदालतको आदेशविरुद्ध प्रदर्शन गरेका हुन् ।

‘गैर संवैधानिक परमादेश खारेज गर’ लेखिएको ब्यानर देखाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

आज अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको हो । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको हो ।

प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न निवेदकको माग भएबमोजिमका सबै आदेश आज जारी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर