उपधारा ५ अनुसार जसलाई मतदान गरे पनि ह्वीप नलाग्ने – Nepal Press

उपधारा ५ अनुसार जसलाई मतदान गरे पनि ह्वीप नलाग्ने

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन गरेवापत नेकपा एमालेका सांसदहरूलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको छ ।

रिट निवेदनमा माग गरिए बमोजिम आदेश सुनाउँदै संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारवाही गर्न नमिल्ने फैसला सुनाएको हो ।

अदालतको यो फैसलासँगै देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षधर एमाले सांसदहरूलाई कारवाही गर्न नमिल्ने भएको हो । देउवालाई माधव पक्षका २३ सांसदले समर्थन गरेका थिए ।

अदालतको व्याख्या अनुसार उपधारा ५ मा सांसदको हैसियत स्वतन्त्र हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर