‘मुलाको साग’सहित १२ कलाकार कांग्रेस प्रवेश, पार्टीमा भित्राउँदै देउवाले गरे कलाकारको प्रशंसा – Nepal Press

‘मुलाको साग’सहित १२ कलाकार कांग्रेस प्रवेश, पार्टीमा भित्राउँदै देउवाले गरे कलाकारको प्रशंसा

काठमाडौं । मुलाको सागले चर्चित अभिनेता सुरेन्द्र केसीसहित १२ जनाभन्दा बढी कलाकार तथा संस्कृतिकर्मी आज कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले फूलमाला र खादा लगाएर पार्टी प्रवेश गराए । सभापति देउवाले पार्टी सदस्यताको टिकट समेत कलाकारलाई दिएका थिए ।

हाँस्यकलाकार महादेव त्रिपाठी पनि सोही अवसरमा कांग्रेस प्रवेश गरेका छन् । कलाकारलाई पार्टी प्रवेश गराउँदै सभापति देउवाले देश निर्माणमा कलाकारको योगदानको चर्चा गरे ।

देउवा निवास बुढानिलकण्ठमा आयोजित कार्यक्रममा कलाकारलाई पार्टी प्रवेश गराइएको हो । कांग्रेस निकट सांस्कृतिक संघकी महामन्त्री रोशनी केसीले उक्त अवसरमा संस्कृति जोगाउन संघले भूमिका खेलिरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *