काठमाडौं उपत्यकामा ४२७ संक्रमित थपिए, ३१ जिल्लामा सक्रिय संक्रमित ५०० माथि – Nepal Press

काठमाडौं उपत्यकामा ४२७ संक्रमित थपिए, ३१ जिल्लामा सक्रिय संक्रमित ५०० माथि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौं जिल्लामा ३०८, ललितपुरमा ७६ र भक्तपुरमा ४३ जना संक्रमित थपिएका छन् ।

कास्की जिल्लामा २३३ जना र तनहुँमा १२५ जना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाबाहिर पनि संक्रमित संख्यामा उच्च वृद्धि भएको छ ।

मुलुकको संक्रमण दर १९.१ प्रतिशत नै रहेको छ ।

काठमाडौं जिल्लामा सक्रिय संक्रमित संख्या ४३११ जना, भक्तपुरमा १८६३ र ललितपुरमा २४४२ जना सक्रिय संक्रमित छन् ।

३१ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि र २४ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *