शुक्रबार २४ सय संक्रमित थपिए, २७ जनाको मृत्यु – Nepal Press

शुक्रबार २४ सय संक्रमित थपिए, २७ जनाको मृत्यु

सक्रिय संक्रमित संख्या ४५ हजारमा झर्‍यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २,४७६ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३५१ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५४५५ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ४५ हजार ७९४ रहेको छ ।

कूल पीसीआर परीक्षण गर्दा ६ लाख ३१ हजार संक्रमित थपिएका छन् । कूल मृत्यु संख्या ८९४५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *