बिहीबार २४ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु – Nepal Press

बिहीबार २४ सय कोभिड बिरामी थपिए, २४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ३३५ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २४७४ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २३२ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप २४ जनाको मृत्यु भएको छ भने थप २५१८ जना संक्रमणमुक्त भएका छन् ।

नेपालको सक्रिय संक्रमण संख्या ४९ हजार ५५५ मा झरेको छ । कूल मृत्यु संख्या ८९१८ पुगेको छ । कूल संक्रमित संख्या ६ लाख २९ हजार ४३१ (पीसीआर) र २९ हजार ९३४ (एन्टीजेन) पुगेको छ ।

बिहीबार काठमाडौंमा २३४, भक्तपुरमा ३३, ललितपुरमा ६८ संक्रमित थपिएका छन् । चितवनमा १६५, मोरङमा १२८, सुनसरीमा १२३ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *