भारतमा अक्टोबरदेखि कोरोनाको तेस्रो लहर आउने – Nepal Press

भारतमा अक्टोबरदेखि कोरोनाको तेस्रो लहर आउने

दिल्ली । भारतमा कोभिड-१९ को तेस्रो लहर अक्टोबर (असोज मध्यदेखि) सुरु हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

बीबीसीका अनुसार तेस्रो लहर अक्टोबरमा आउन सक्नेछ र महामारी एकवर्षका लागि महामारीको रुपमा रहनेछ ।

रोयटर्सले गरेको एक सर्वेक्षणमा तेस्रो लहरबारे जनाइएको हो । सर्वेमा सहभागि ८५ प्रतिशत विज्ञले अगस्टको सुरुवात र सेप्टेम्बरको मध्यसम्म वेभ सुरु हुन सक्ने बताए ।

अन्य तीन विशेषज्ञले भने नोभेम्बरबाट फेब्रुअरीको बीचमा तेस्रो लहर आउन सक्ने बताए । ७० प्रतिशत विज्ञका अनुसार तेस्रो लहर खोपको उपलब्धताको कारण नियन्त्रणमा आउन सक्छ ।

सर्वेमा सहभागि दुई तिहाइले बालबालिकको लागि तेस्रो लहरामा खतरा हुने बताए भने १४ विशेषज्ञले खतरा हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *