नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे : खोपको समान आपूर्तिका लागि दबाब दिऊँ – Nepal Press

नेपालको भिडियो सेयर गर्दै डब्लुएचओ प्रमुखले लेखे : खोपको समान आपूर्तिका लागि दबाब दिऊँ

नेपाली स्वास्थ्यकर्मीलाई नायकको संज्ञा

काठमाडौं । यसैसाता हिमालपारिको जिल्ला मुस्ताङको लेतेस्थित खोलामा आएको बाढीमा केही स्वास्थ्यकर्मीले खोपको डब्बालाई मुस्किलले तार्दै गरेको भिडियो भाइरल बन्यो ।

यो भिडियो एकैदिनमा विश्वभर भाइरल बन्यो जसलाई सयौं प्रतिष्ठित मानिसहरुले पनि सामाजिक संजालमा सेयर गरेका छन् । कोभिडको दोस्रो लहरसँग जुधिरहेको नेपालको यस्तो दृश्य देखेर धेरैले टिप्पणी पनि गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का निर्देशक डा. टेड्रोसले पनि यो भिडियोमा प्रतिक्रिया नजनाइरहन सकेनन् । उनले ट्वीटरमा उक्त भिडियो सेयर गर्दै नेपाली स्वास्थ्यकर्मीलाई हिरोको संज्ञा दिएका छन् ।

‘जीवनलाई बचाउन स्वास्थ्यकर्मीले कति प्रयत्न गर्छन् भन्ने दृश्य हो यो । विभिन्न ठाउँमा यी नायकहरुलाई अहिलेसम्म खोप नलगाइनू के निश्पक्ष छ त ?’ टेड्रोस लेख्छन्, ‘खोपको समान वितरणका लागि हामीले हाम्रो शक्ति प्रयोग गर्नु जरुरी छ । अहिले होइन भने कहिले गर्ने त ?’

विश्व स्वास्थ्य संगठनले यसअघि पनि नेपाललाई तत्काल खोप आपूर्ति गर्न ठूला राष्ट्रहरुलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *