आन्तरिक राजस्व विभागले थप गर्यो कर तिर्ने म्याद – Nepal Press

आन्तरिक राजस्व विभागले थप गर्यो कर तिर्ने म्याद

काठमाडौं । आन्तरिक राजस्व विभागले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गरेको छ । कोभिड १९ को रोकथाम तथा नियन्त्रण लागि जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गर्दै म्याद थप गरिएको बिभागले जनाएको छ ।
चालू आर्थिक वर्षको चैत र बैशाख महिनाको मूल्य अभिवृद्धि कर, अग्रीम करकट्टीको विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मको म्याद तोकिएको छ । त्यस्तै अन्तशुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद पनि असार २५ गतेसम्मका सारिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *