गण्डकी मुख्यमन्त्रीले बनाए ५ सदस्यीय मन्त्रीपरिषद, मन्त्रीहरु सबै विनाविभागीय – Nepal Press

गण्डकी मुख्यमन्त्रीले बनाए ५ सदस्यीय मन्त्रीपरिषद, मन्त्रीहरु सबै विनाविभागीय

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्रीमण्डल बनाएका छन् । उनले नियुक्त गरेका चार मन्त्रीहरुलाई आजै सपथग्रहण गराइएको छ ।

मन्त्री बन्नेमा नेपाली कांग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रकी मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे छन् । उनीहरु कसैको पनि पोर्टफोलियो तोकिएको छैन । सबैले विनाविभागीय मन्त्रीको हैसियतमा सपथ ग्रहण गरेका हुन् ।

मन्त्रीहरुको सपथग्रहणअघि प्रदेश प्रमुखबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सपथग्रहण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर