नरोत्तमले माफी माग्दै भने : स्वतन्त्रताको बढी नै उपयोग गरेछु, मेरो भनाइ रेकर्डबाटै हटाइयोस् – Nepal Press

नरोत्तमले माफी माग्दै भने : स्वतन्त्रताको बढी नै उपयोग गरेछु, मेरो भनाइ रेकर्डबाटै हटाइयोस्

काठमाडौं । प्रधानमन्त्रीको सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिएका वागमती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले शुक्रवारको बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी मागेका छन् ।

शनिवार प्रदेशसभा बैठक शुरु भए लगत्तै रोष्टममा उभिएर वैद्यले आफ्नो अभिव्यक्तिप्रति सामाजिक सन्जालमा क्रिया प्रतिक्रिया आएको र आफ्नो पार्टीले समेत माफी माग्न निर्देशन दिएकाले आत्मालोचना गर्दै फिर्ता लिएको बताए ।

लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन् ।

वैद्यले सांसदले संसदमा बोलेको कुरामा कहिँ कतै मुद्दा नलाग्ने भन्ने बुझेर बढी नै बोलेको स्वीकार गरे । वैद्यले माफी मागेपछि सभामुख सानुकुमार श्रेष्ठले उनको भनाइ रेकर्डबाट हटाइएको जानकारी बैठकलाई गराएका छन् ।

प्रतिक्रिया

One thought on “नरोत्तमले माफी माग्दै भने : स्वतन्त्रताको बढी नै उपयोग गरेछु, मेरो भनाइ रेकर्डबाटै हटाइयोस्

  1. कुनै पनि पार्टीका सांसद हुन् वा मन्त्री वा त प्रधानमन्त्री हुन् कसैले बोलेको कुरा हटाउनु हुदैन संघियताको नाममा कस्ता कस्ता मन्त्री, प्रधानमन्त्री, सांसदहरु पाएछ नेपालले पछिल्लो पुस्ताले जान्न पाउनु पर्छ नि /

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर