प्रदेश २ : कर्मचारीले कमिसन मागेको माओवादी सांसद साहको गुनासो – Nepal Press

प्रदेश २ : कर्मचारीले कमिसन मागेको माओवादी सांसद साहको गुनासो

दिल्लीका मुख्यमन्त्रीबाट पाठ सिक्न सुझाव

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दीलिप साहले प्रदेशले जिल्ला पठाएका कर्मचारीले कमिसन माग्ने गरेको गुनासो गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा कमिसनबिना जनताको काममा कर्मचारीले हातै नलगाउने गुनासो गरेका हुन् । उनले प्रश्न गरे, ‘कमिसनबिना काम नै गरिरहेका छैनन् । यसको अनुगमन कसले गर्ने ? कसरी बन्छ समृद्ध प्रदेश ?’

‘कर्मचारीको काम स्टिमेट बनाउने र काम गराउने हो’, उनले भने, ‘तर कमिसन दिएपछि स्टिमेट भाँडमा जान्छ ।’ कमिसनबारे व्यापक गुनासो आएकाले सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।

अर्थमन्त्री विजय यादवले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ को छलफलका क्रममा बोल्दै उनले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरेपनि व्यवहारमा लागू नभएको पनि बताए ।

उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा दिल्लीका मुख्यमन्त्रीले ल्याएको सुधारबाट प्रदेश सरकारले सिक्नुपर्ने बताए । दिल्लीमा नीजि विद्यालय छाडेर विद्यार्थीहरू सरकारी विद्यालय जान थालेको तर यहाँ केही सुधार नआएको उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर