मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको भन्दै माधव पक्षले सोध्यो ओली पक्षका सांसदलाई स्पष्टीकरण – Nepal Press

मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको भन्दै माधव पक्षले सोध्यो ओली पक्षका सांसदलाई स्पष्टीकरण

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका ७ जना प्रदेश सभा सदस्यलाई संसदीय दलले स्पष्टीकरण सोधेको छ । प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उनले मंगलबार एमाले संसदीय दलको ह्विप ह्विप उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरिएको छ । निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

स्पष्टीकरण सोधिएका ७ जना  नै ओली पक्षका हुन् । १० जेठमा एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने १२ जेठमा संसदीय दलमा सरकारलाई समर्थन जारी राख्ने निर्णय भएको थियो ।

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने बताएपछि मंगलबार बिहान एमाले संसदीय दलको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको थियो । ओली पक्षका ७ सांसद भने उक्त निर्णय अस्वीकार गर्दे हस्ताक्षर समेत नगरी बाहिरिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर