मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम – Nepal Press

मिस वर्ल्डद्वारा महामारीविरुद्ध नेपाललाई सहायता प्रदान, श्रृंखलाले हस्तान्तरण गरिन् रकम

काठमाडौं । नेपालको कोरोना महामारीविरुद्ध विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)ले सहायता उपलब्ध गराएको छ ।

मिस वर्ल्डको तर्फबाट पूर्वमिस नेपाल श्रृंखला खतिवडाले हामी नेपा नामक सामाजिक संस्थालाई मंगलबार २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिन् ।

नेपाल भ्रमणमा आएको बेला मिस वल्र्ड अध्यक्ष जुलिया मोर्लेले प्रदान गरेको २० हजार अमेरिकी डलर मध्येबाटै उक्त रकम प्रदान गरिएको मिस वर्ल्डद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको समेत जनाइएको छ । अध्यक्ष मोर्लेले उपलब्ध गराएको रकम स्टकमा रहेपछि श्रृंखलाले महामारीविरुद्ध उक्त रकम प्रदान गर्न आग्रह गरेकी थिइन् ।

ब्युटी अफ पर्पस विधाको लागि मिस वर्ल्डले यसअघि श्रृंखलालाई उक्त रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *