फुङलिङका ५ अध्यक्षले भने- सुकेटार विमानस्थलको नाम फेर्नु आपत्तिजनक – Nepal Press

फुङलिङका ५ अध्यक्षले भने- सुकेटार विमानस्थलको नाम फेर्नु आपत्तिजनक

फुङलिङ । ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गर्ने सरकारको निर्णयप्रति स्थानीय जन प्रतिनिधिले आपत्ति जनाएका छन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणमार्फत् फुङलिङ नगरपालिकाको वडा नं. ६, ८ र ९ नम्बर वडामा रहेको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी स्व. रवीन्द्र अधिकारी विमानस्थल नामाकरण गर्ने घोषणा गरेका थिए ।

फुङलिङ नगरपालिकाको वडा नं. ६, ८, ३, ७ र ९ का वडाध्यक्षहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै
सरकारको यो निर्णय आफूहरूलाई मान्य नहुने बताएका छन् । सुकेटार विमानस्थल र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीबीच कुनै सम्बन्ध नरहेको उनीहरूले बताएका छन् ।

सुकेटार विमानस्थल ताप्लेजुङ जिल्लाको परापूर्व कालदेखि नै ऐतिहासिक नाम रहेको र आम जनजिब्रोमा सुकेटार शब्द नै प्रिय रहेकाले नाम परिवर्तन मान्य नहुने वडाध्यक्षले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर