कोभिड प्रभावित फिल्म उद्योगलाई सरकारको राहत : भन्सार र विद्युत डिमान्ड शुल्क मिनाहदेखि नवीकरणसम्म छूट – Nepal Press

कोभिड प्रभावित फिल्म उद्योगलाई सरकारको राहत : भन्सार र विद्युत डिमान्ड शुल्क मिनाहदेखि नवीकरणसम्म छूट

सबै प्रदेशमा फिल्म स्टुडियो निर्माण हुने, काभ्रेमा आधुनिक स्टुडियो बन्ने

काठमाडौं । सरकारले कोभिड-१९ महामारीबाट प्रभावित फिल्म उद्योगलाई राहतका कार्यक्रम ल्याएको छ । शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले फिल्म क्षेत्रलाई राहतमूलक कार्यक्रम ल्याइएको घोषणा गरे ।

यस्ता छन् कार्यक्रम :

  • चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइनेछ।
  • कोभिड–१९ प्रभावित चलचित्र उद्योगले तिर्नुपर्ने ईजाजत तथा नविकरण दस्तुर छुट दिई स्वतः नवीकरण हुने व्यवस्था मिलाएको छु।
  • चलचित्र उद्योगमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्‍चालनका लागि स्थापना गरिएको व्यावसायिक निरन्तरता कोषलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको छु।
  • सबै प्रदेशमा चलचित्र छायाङ्कनस्थल निर्माण गरिनेछ। गणेश हिमाल क्षेत्रमा चलचित्र छायाङ्कन स्थल बनाउन सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिनेछ। काभ्रेको बनेपामा आधुनिक चलचित्र स्टुडियो निर्माण गरिनेछ । उत्कृष्ट चलचित्र निर्माणका लागि स्टोरी बैंकको अवधारणा कार्यान्वयनमा ल्याइनेछ।
  • कोभिडबाट अत्याधिक प्रभावित चलचित्र उद्योगको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याएको छु।
  • चलचित्रमा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छु।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *