बारामा नाबालक दाजुभाइको घाँटी रेटेर हत्या
नेपाल प्रेस
२०७८ जेठ ४ गते १०:५८
जनकपुरधाम । बारामा विभत्स हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला परेको छ ।
कलैया नगरपालिका-७ का अब्दुल रसारका छोराहरू ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमानको हत्या भएको हो । गाउँमा रहेको मदरसानजिकै घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरूको शव फेला परेको र प्रदेश २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
हत्या गरिएका ती बालकका बुवा वैदेशिक रोजगारीको क्रममा कतारमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर